ネパール語の最近のブログ記事

खावासाकी अन्तराष्ट्रिय केन्द्रले गर्दै आइरहेको विदेशीहरूको लागि जापानी भाषा वक्तृत्वकला प्रतियोगितामा भाग लिन विदेशीहरूलाईआवेदन खुल्ला गरेको छ।


आवेदन समय > २०२३/१२/१(शुक्र)~२०२४/१/१५(सोम)


मिति > प्रतियोगिता २०२४/२/१० तारिक (सोम) १३ः००~१५ः३०

(खराब मौसमको अवस्थामा, कार्यक्रम मार्च २ तारिकमा आयोजना हुनेछ। मार्च २ मा मौसम खराब भएमा, कार्यक्रम स्थगित हुनेछ।)

ठाउँ>खावासाकी अन्तराष्ट्रिय केन्द्रको हल

(नोट) यो बर्ष प्रतियोगिता पछिको कार्यक्रम आयोजना हुनेछैन)

<सहभागीहरू>


१६ बर्ष भित्रको, जापानी भाषा मातृभाषा नभई जापान आएको ५ बर्ष भित्र भएको बिदेशी, यो भित्र पर्नेहरू

① खावासाकी नगरपालिकाको उच्च मावि, विश्वविद्यालय वा भोकेसस्कूलमा पढिरहेको विद्यार्थी

② खावासाकी नगरपालिका भित्रको संस्थामा जापानी भाषा पढिरहेको।

③ खावासाकी नगरपालिका भित्रको कम्पनिमा काम गरिरहेको या तालिम गरिरहेको ।


(नोट)सहभागी आवेदनपत्र ① र ② विद्यालयका प्रधानाध्यापकको सिफारिस③ तपाईंको कार्यस्थलमा सिफारिस आवश्यक छ।


<प्रतियोगिताको नियम > बोल्ने व्यक्ति ५ मिनेट भित्र सकाउनुपर्नेछ।

प्रथम पुरस्कार विजेतालाई पुरस्कारको रूपमा,तिस हजार येन मूल्यको उपहार र प्रमाणपत्र दिनेछौं।


त्यसबाहेक यो आवेदनको वारेमा खावासाकी अन्तराष्ट्रिय केन्द्रमा पनि जानकारी लिन सक्नुहुनेछ।

फोन. 044-435-7000 https://www.kian.or.jp/kic/topics/speech23.shtml

तपाईंहरूको सहभागी आवेदन पर्खिरहनेछौं।

खावासाकी अन्तराष्ट्रिय केन्द्रमा, हरेक वर्ष हुने प्राथमिक विद्यालय प्रवेश जानकारी कार्यक्रममा या व्यक्तिगत रुपमा अनुरोध गरिएकाप्रयोग भएका स्कुल झोला र विद्यालयका सामानहरू हस्तान्तरण गर्छौं।

यदि तपाईंसँग स्कुल झोला, विद्यालयका सामानहरू, विद्यालय प्रवेश समारोहमा या विद्यालयमाको कार्यक्रममा लगाउने लुगाहरू राम्रोअवस्थामा छन् र तिनीहरूलाई अरूलाई पुन: प्रयोग गर्न दिन चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

फोन - 044-435-7000

पहिलेको सुचनामा भने जस्तै केन्द्र रहेको भवनको पुनः निर्माणको काम सुरूभएको छ।
परामर्श केन्द्रमा सामान्य वेलामा जस्तै परामर्श दिइरहेको छ । (परामर्श केन्द्रमा आएर,फोन,जुम,इमेल र फ्याक्स मार्फत) पुनः निर्माणकोकाम भइरहेकोले आवाज आउन पनि सक्छ। यसमा पहिले नै जानकार रहनुहोस् ।

बिस्तृत जानकारीको लागी होम पेज या फोन गर्नुहोस् ।
https://www.kian.or.jp/lne/kic/soudan.shtml
https://www.kian.or.jp/

जापानमा आतिसबाजी(फायरवर्क)को इतिहास ४ सय ३० वर्ष पहिले सेन्गोकु कालको अवधिमा सुरुभएको थियो। (विभिन्न सिद्धान्तहरूपनि छन्)। एदो कालको अवधीमा शोगुन तोकुगावा इययासुले पनि आतिसबाजी (फायरवर्क)हेरेको इतिहासमा रेकर्ड पनि छ ।त्यसपछि पनि यदो कालमा शहरका मान्छेहरूद्वारा समर्थन गरिएको संस्कृति आतिसबाजीको लोकप्रियता घटेको छैन।

यस वर्षको कावासाकी नगरपालिकाको संम्झनालायक तामागावा आतिसबाजी(फायरवर्क) महोत्सव, यहि अक्टोबर २१ तारिक शनिवारसेतागाया वार्ड तामागावा आतिसबाजीको संयुक्त रुपमा आयोजना गरिएको छ।
बेलुका ६ बजेदेखि ७ बजेसम्मको १ घण्टामा तामागावा नदी किनारबाट करिब ६ हजार आतिसबाजी (फायरवर्क)पट्काइनेछ। शरदऋतुका किराको आवाज सुन्दै आतिसबाजीको आनन्द लिनुहोस्।

मिति र समय: 2023 को अक्टोबर 21 तारिक (शनिबार) बेलुका 6:00 बजे देखि 7:00 बजे सम्म
स्थान : तामागावा नदीको किनार

बिस्तृत जानकारिको लागी खावासाकी नगरपालिकाको होमपेज हेर्नुहोस्।
https://www.city.kawasaki.jp/280/page/0000060068.html बाहिरी वेबसाइटको लिंक
https://www.k-kankou.jp/fireworks/ बाहिरी वेबसाइटको लिंक

ग्रीष्म ऋतुको अन्त्यदेखि शरद ऋतुको सम्म, शरद ऋतु पर्वहरू जापानमा आयोजित हुन्छन्। जापानभरि शरद ऋतु पर्वहरू मनाइन्छ।

शरद ऋतुको पर्वमा,वसन्त ऋतुमा खेतीपातीका लागी मद्दत गरेका खेतहरू (माछा/चामल उब्जाउने खेत)त्यसलाई मान्दै खेती भित्र्याउनपाएकोमा खेतको भगवानलाई धन्यवाद दिदै,नयाँ बाली(बाली/नयाँ भित्र्याइएको चामल)बाट बनाईएको भगवानलाई दिने खाना ।(भगवानलाई चढाउने खानेकुरा)वा चढाउने रक्सी आदी अन्तर्गत आयोजना हुनेगर्छ ।

ग्लोबल वार्मिङको कारण जलवायु परिवर्तन भई बाली उत्पादन गर्न सजिलो छैन। शरद पर्वको रमाईलो लिँदै विश्वव्यापी वातावरणीयसमस्याहरूको बारेमा बेलैमा सोच्ने राम्रो अवसर हुन सक्दछ।

पुन:निमार्ण र सुविधाजनक बनाउनका लागी २०२३/१०/१ तारिक (आइतबार)बाट २०२४/१/३ तारिक(बुधबार)को समयमा खावासाकीअन्तराष्ट्रिय केन्द्रको मुख्य कार्यालय प्रयोग बन्द गरिएको छ।

प्रयोग बन्द गरिएको दिनपनि बिदेशीको परामर्श दिइन्छ। निर्माणको आवाज आउने कुरा पनि जानकारी गराउँछ


साथै , (बैठक कोठा ६ र ७, मनोरञ्जन कोठा), चिया पिउने कोठा, र बिभिन्न उद्देश्यमा प्रयोग गर्ने ठाउँ प्रयोग गर्न सकिन्छ ।साथै, वर्षकोअन्त्य र नयाँ वर्षको बिदामा सबै सुविधाहरू सामान्य रूपमा बन्द रहनेछन्।

कृपया थप जानकारीको लागि गृहपृष्ठ हेर्नहोस्।
https://www.kian.or.jp/

तपाईंको सहयोगको लागि धन्यवाद।


केन्द्रले यस वर्ष फेरि नगरपालिका आवास आवेदन सेमिनार आयोजना गर्दैछ।
बस्ने घर जीबनयापनको लागि महत्त्वपूर्ण ठाउँ हो।स्कूल र कामको लागि सुविधाजनक ठाउँ,बस्नकोलागी छनोट राम्रोसंग छनोट गर्ने,हामी तपाईंलाई आवेदन फारम भर्न पनि मद्दत गर्छौं।


मिती :२०२३/६/१० (शनीबार)१०:००~१२:००
ठाउँ :खावासाकी अन्तरास्ट्रिय केन्द्र २ तला (सामुहिक गतिविधि कक्ष B)
आवेदनका लागि आवश्यक कुरा :2022 को आम्दानी रकम थाहा हुने कागज
कर रकमको कागज (गेञ्जेञ्चोउ ,काकुतेइ शिङ्कोकुस्योउ)आदि।
उपस्थिती :२० जना (कावासाकी नगरपालिकामा बसेको वा १ बर्ष कम गरेको )
आवेदन :जून ८ तारिक (बिहिबार)१६ :३० सम्म फोन,मेल वा केन्द्रमा आएर बुकिङ्ग गर्न सक्नुहुन्छ।

दोभाषेको आबश्यक परेमा आवेदन फारम भर्ने बेला जानकारी गराउनुहोस्।
सम्पर्क :खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
फोन :044-435-7000  
ईमेल :soudan39@kian.or.jp


यो सिजनको वसन्त पूर्ण रुपमा फक्रिएको (रानमान)भन्ने शब्द छ।
"रान" को अर्थ "ताजा, उज्यालो र जीवन्त" हो र "मान" को अर्थ "भरिएको, चारैतिर फैलिएको"अर्थ हुन्छ। तपाईं वसन्तका फूलहरू फक्रिएको र हरियालीको सुन्दर दृश्य देख्न सक्नुहुन्छ।

तपाईहरु धेरैलाई थाहा होला, खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा नयाँ शैक्षिक सत्रका लागि विभिन्न कक्षाहरू सुरु भएका छन्। तिमध्ये, तपाईं बीचमा पनि "विदेशीहरूका लागि जापानी भाषा कक्षामा सहभागी हुन सक्नुहुन्छ, र यो जुन महिनाको योजनाको अंग्रेजी (पहिलो सेमेस्टर) मा अन्तर्राष्ट्रिय रुपमा बोलिने अंग्रेजी भाषाको लेक्चरको लागि मे 15 सम्म आवेदनहरू दिनसक्नुहुन्छ । सँगै सहभागी हुनुहोस्।

थप जानकारीको लागि यो लिंक क्लिक गर्नुहोस्। https://www.kian.or.jp/evenko23/


साकुराको रंगसंगै नयाँ शैक्षिक शत्र र विद्यालय सुरू गर्नुभएका धेरै जना हुनुहुन्छ होला। खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा यो आर्थिक बर्षमा पनि बिदेशी लक्षित विभिन्न सेमिनार गर्नेछौं। सबैभन्दा पहिले रोजगार सम्बन्धिको सेमिनार गर्दैछौं।

【काम तथा रोजगार सम्बन्धी सेमिनार 】
मिति:२०२३-०५-२०(शनिबार) १०:०० -१२:००
लक्षित:बिदेशी विद्यार्थी,विदेशसंग जोडिएका व्यक्ति
प्रशिक्षक : होउ तेइका
बिषय : रोजगार खोज्दाको आधारभूत ज्ञान, म्यानर ④इन्टरभ्यू रोजगार खोज्दाको Q&A आदि
सम्पर्क:खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
फोन: 044-435-7000 ईमेल :soudan39@kian.or.jp 

वसन्त ऋतुको अन्तिम वा गर्मीको प्रारम्भमा जागिर खोज्ने पनि छन्। त्यसैले यस वर्ष पनि हामीले त्यो भन्दा अघि नै सेमिनारहरू आयोजना गर्ने योजना गरिरहेका छौं। राम्रो कामहरू खोज्न संगै सेमिनारमा सहभागी हुनुहोस।

खावासाकी अन्तर्राष्ट्रिय केन्द्रमा विदेशीहरूको परामर्श र बहुसांस्कृति सम्बन्धी काम गर्न सक्ने नेपाली भाषाको कर्मचारी खोजिरहेका छौं।
काम सुरु मे १६ तारिक मंगलबार देखि हुनेछ। हरेक हप्ता मंगलबार र शनिबार हप्तामा २ दिन काम हुन्छ।

आवेदन अन्तिम म्याद अप्रिल २५ तारिक मंगलबार सम्म हो।आवेदनको बारेमा बिस्तृत जानकारीको लागी तलको लिंकको पेज हेर्नुहोस्।

[ साकुरा ]

यो समय साकुराको फूल्ने समय हो ।

यस वर्षको साकुरा फूल सामान्य अरू वर्ष भन्दा चाँडो फुल्न थाल्यो ।

जापानमा, सामान्य रूपमा लगभग १० प्रकारका साकुरा फूलहरू छन्, परिवर्तित १०० भन्दा बढी प्रकारका फूल प्राकृतिक रुपमा बढेका छन्। कृत्रिम रूपमा सिर्जना गरिएको बिरुवा २०० भन्दा बढी प्रजातिहरू छन् पनि भनिन्छ। साकुराको प्रकारको आधारमा फूल र रंगहरूको विविधताको आनन्द लिनसकिने कुरा पनि सुन्दर कुरा हो ।

प्रजातिहरू र स्थान अनुसार साकुरा फूलहरू अझै पूर्ण रूपमा फूल्न बाकिँ र हेर्न सकिने ठाउँ छन्, त्यसैले साकुरा फूल हेरेर सँगै रमाइलो लिनुहोस्।

खावासाकीको साकुराको लागी प्रसिद्ध ठाउँबारे यो लिङ्कमा हेर्नुहोस् ।
https://www.ikutaryokuti.jp/ बाहिरी वेबसाइटको लिंक



कावासाकी अन्तर्राष्ट्रिय केन्द्रको होमपेजबाट「सजिलो जापानी भाषामा 」डाउनलोड गर्न सकिन्छ भन्ने थाहा छ ?
https://www.kian.or.jp/kic/topics/yubisashi.shtml

अस्पताल र विद्यालय संग सम्बन्धित शब्दहरू सजिलो जापानी भाषामा,अंग्रेजी,कोरियन,स्पेनिस,प्रोतुगाली,फिलिपिन भाषामा अनुवाद गरिएको छ।
जापानी प्रयोग गर्न चाहनुभएको शब्दको सङ्ख्या हातले देखाएर प्रयोग गर्न सक्नुहुन्छ।

अस्पताल सम्बन्धी
https://www.kian.or.jp/kic/topics/yubisashi-medical.shtml
विद्यालय सम्बन्धी
https://www.kian.or.jp/kic/topics/yubisashi-school.shtml

वसन्त ऋतु विद्यालय ग्राजुएसन समारोह, विद्यालय प्रवेस समारोह, नयाँ विद्यालय वर्षको सुरुवात, र स्वास्थ्य जाँचको सिजन हो त्यसैले यो बेला यी शब्दको प्रयोग गर्न सक्नुहुनेछ। ]

[ साकुरा ]

यो समय साकुराको फूल्ने समय हो ।
यस वर्षको साकुरा फूल सामान्य अरू वर्ष भन्दा चाँडो फुल्न थाल्यो ।

जापानमा, सामान्य रूपमा लगभग १० प्रकारका साकुरा फूलहरू छन्, परिवर्तित १०० भन्दा बढी प्रकारका फूल प्राकृतिक रुपमा बढेका छन्। कृत्रिम रूपमा सिर्जना गरिएको बिरुवा २०० भन्दा बढी प्रजातिहरू छन् पनि भनिन्छ। साकुराको प्रकारको आधारमा फूल र रंगहरूको विविधताको आनन्द लिनसकिने कुरा पनि सुन्दर कुरा हो ।

प्रजातिहरू र स्थान अनुसार साकुरा फूलहरू अझै पूर्ण रूपमा फूल्न बाकिँ र हेर्न सकिने ठाउँ छन्, त्यसैले साकुरा फूल हेरेर सँगै रमाइलो लिनुहोस्।

खावासाकीको साकुराको लागी प्रसिद्ध ठाउँबारे यो लिङ्कमा हेर्नुहोस् बाहिरी वेबसाइटको लिंक

मार्च ३ तारिक हिना पर्वलाई आरूको पर्व पनि भन्दछन,
बालिकाहरुको (छोरीहरुको) सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको प्रार्थना गर्ने दिन हो।

परापूर्वकालदेखि नै यो पर्वमा विभिन्न भनाईहरू छन्। १, ३, ५, ७ र ९ बिजोर अंक भएका दिनमाकेहि नराम्रो हुन् सक्छ भनेर कुनै पर्व मार्फत नराम्रो कुरालाई भगाउने चलनबाट सुरु भएको हो। 8 औं शताब्दीको अन्तिमतिर शान्तिको अवधिमा , मार्च 3 मा (जोउसी पर्व), मे 5 मा (तान्गो पर्व)र जुलाई 7 मा (तानाबाता) जस्ता वार्षिक पर्वका कार्यक्रमहरू भए।

हिनापर्व पूर्व दरबारका कुलीनहरूका छोराछोरीहरूद्वारा पुतलीसँग खेल्न सुरुगरी,यो समुराईलाई हस्तान्तरण गरिएको थियो र आधुनिक समयमा सामान्य भएको छ।

आरूको रूखलाई एक शुभ बिरुवा मानिन्थ्यो। जसले रोग र दुर्भाग्यबाट बचाउँछ।,आरुको फूलहरु फुल्छन्। वसन्त ऋतुमा आरूको फेस्टिवल पनि भन्छन्।
वसन्त ऋतु हेर्न मन पर्खिरहेको हुन्छ है।

आजभोली सबभन्दा चिसो समय छ। तपाईहरू सन्चै हुनुहुन्छ?
चिसोका कारण,आजभोली कोरोना र इन्फ्लुएन्जाको संक्रमण बढीरहेको छ।
जापानी भाषा बाहेकको भाषामा प्रयोग गर्न सकिने अस्पतालको जानकारीको लिंक तल बताऊछौँ। त्यसैले यो जानकारीले तपाई स्वस्थ रहन सहयोग गर्नेछ।


■खावासाकीनो ओइस्यासान 」
http://www.iryo-kensaku.jp/kawasaki/

■MIC खानागावा
https://mickanagawa.web.fc2.com/

■The Japan National Tourism Organization (JNTO)
https://www.jnto.go.jp/emergency/eng/mi_guide.html

■AMDA कोकुसाई इर्योउ जोउहोउ सेन्टर(अन्तरास्ट्रिय स्वास्थ्य सम्बन्धी जानकारी
केन्द्र)
https://www.amdamedicalcenter.com/
   
■MSD MANUAL
https://www.msdmanuals.com/en-jp/home

सबैको स्वास्थ्य राम्रो होस् भन्ने कामना गर्दछौं।

counter