ネパール語の最近のブログ記事

खावासाकी शहरमा हेर्न लायकका धेरै पार्क र हरियाली ठाउँहरू छन्। तीमध्ये हामी केहि स्थानहरू परिचय गराउँदैछौं जहाँ चेरी फूलहरू विशेष गरी सुन्दर छन्। पक्कै पनि नछुटाउनुहोस्।

युमेमिगासाकी चिडियाखाना पार्क (Yumemi Zoo) (साइवाइ-कु・जे आर सिनखावासाकी स्टेशन अथवा कासिमादा स्टेशन)
चिडियाखानाभित्र विभिन्न स्थानहरूमा चेरी फूलहरू रोपिएका छन्, जहाँ तपाईं एकै समयमा जनावरहरू र चेरी फूलहरूको आनन्द लिन सक्नुहुन्छ। सोमी योशिनो र जंगली चेरी रूखहरू सहित लगभग 400 जति रूखहरू छन्।

सुमियोशि चेरी फूल(Sakura Sumiyoshi) (नाकाहारा-कु / टोक्यु टोयोको लाइन वा टोक्यु मेगुरो लाइन, मोतोसुमियोशी स्टेशन)
फूलहरू नदीमा मिसिने खालको साकुराका रूखहरूको लहरै फैलिएका छन्। योशिनो साकुराका रूखहरू शिबु नदीको किनारमा लगभग 2 किलोमिटरसम्म फुलेका हुन्छन्। नजिकैको नाकाहारा पीश पार्कमा पनि साकुरा फूलहरूको दृश्यको आनन्द लिन सक्नुहुन्छ। यहाँ लगभग 250 योशिनो चेरी रूखहरू छन्।

निकार्योउ योसुइ कानल (Nikaryo Yosui Canal) (तामा वार्ड ・JR नाम्बु लाइन "स्युकुगावारा स्टेशन" बाट लगभग 2 मिनेट पैदल)
इडो कालमा निर्मित ऐतिहासिक सिँचाइ नहरहरू र नहरको छेउमा लगभग 2 किलोमिटरसम्म 400 वटा चेरीका रूखहरूको लहरै फैलिएका छन्।

8औं शताब्दीमा सुरु भएको हेयान कालदेखि लगातार मनाइँदै आएको 3 मार्चको "हिनामात्सुरी" लाई अर्को नाम "पिच महोत्सव" पनि भनिन्छ। यो महोत्सव केटीहरूको स्वस्थ र समृद्ध वृद्धिको लागि प्रार्थना गर्ने कार्यक्रम हो। पिच (आरु) लाई प्राचीन कालदेखि दुष्ट ऊर्जा (जाकी) हटाउने मान्यता दिइन्छ, र यो समयमा यो फूल मनमोहक रूपमा फुल्छ।
हिनामात्सुरीको अवसरमा, घरलाई हिना पुतलीहरू (हेयान कालका कुलीनहरूको पोशाकमा सजिएका पुतलीहरू) र पिचको फूलले सजाइएको हुन्छ। यस समयमा हिना अरारे, हिशिमोची चामलको केक आदि राखिन्छ, र सेतो साके र चिराशी सुशीको आनन्द लिइन्छ। वसन्त ऋतु चाँडै आउन लागेको छ।

2024 को जनवरी 1 तारिखदेखि डिसेम्बर 31 तारिखसम्मको कुल आम्दानी र खर्चको हिसाब गरेर आयको विवरण पेश गर्नु पर्ने हुन्छ। यसका आधारमा आयकरको निर्धारण गरिन्छ। स्वरोजगार, कृषि पेशा वा एक भन्दा बढी व्यवसायमा लागेका व्यक्तिहरूलाई आयको विवरण पेश अनिबार्य गर्नु पर्ने हुन्छ। तर, तलबमा काम गर्ने अफिस कर्मचारीहरूको हकमा भने आयको विवरण पेश गर्नु पर्दैन।
तल उल्लेखित गरिएका व्यक्तिहरुले भने आयको विवरण पेश गर्नु पर्ने हुन्छ:
・वार्षिक तलब २० करोड येन वा सोभन्दा बढी हुने व्यक्ति
・दुई भन्दा बढी ठाउँबाट तलब लिएर काम गरेको व्यक्ति
・ग्रार्मिड इलाकाहरुको लागि कर तिरेको व्यक्तिहरु (वान स्टप आवेदन दिने व्यक्तिहरु बाहेक)
・आवास कर्जाको कटौती लिएको पहिलो बर्ष अथवा चिकित्सा खर्च कटौती प्राप्त गर्ने व्यक्ति आदि
भिसा नवीकरण वा परिवर्तन गर्दा, आय विवरण घोषणा गरेको कागजपत्रको प्रतिलिपि पेश गर्नु पर्ने हुन सक्छ। त्यसकारण, यो कागजपत्रलाई सुरक्षित रूपमा ।

बिस्तृत विवरणको लागि, कृपया तलको लिङ्कमा रहेको राष्ट्रिय कर एजेन्सीको वेबसाइट चेक गर्नुहोस्।
◆अंग्रेजीको लागि:
https://www.nta.go.jp/english/taxes/individual/12011.htm

◆ विदेशीहरूको लागि कर रिटर्न तयार गर्ने म्यानुअल
https://www.nta.go.jp/taxes/shiraberu/shinkoku/tebiki/2023/foreigner/index.htm
म्यानुअलहरु अंग्रेजी, चिनियाँ, भियतनामी, पोर्चुगिज र नेपाली भाषामा उपलब्ध छन्।

「प्राथमिक स्कूल कस्तो हुन्छ?」「स्कूलको जानकारी शत्रहरुमा गएपनि भाषा बुझ्दिन/भनेको बुझ्दैन ...」जस्तो समस्यामा हुनुहुन्छ भए हामी तपाईंको चिन्ता समाधानको साथै प्राथमिक स्कूलमा प्रवेश गर्न मद्दत गर्छौ।

मिति : 2025 जनवरी 25(शनि) 13:30~16:00     
स्थान:खावासाकी अन्तरास्ट्रिय केन्द्रको हल 
शुल्क:नि:शुल्क(अनुबाद तथा बच्चा हेरिदिने सुबिधा उपलब्ध छ, बूकिंग गर्नु पर्नेछ।)
आबेदन / सम्पर्क:फोन नं.044-455-8811 इमेल : soudan39@kian.or.jp, आवेदन फारम बाट अथवा केन्द्रमा पाल्नु होला।

बिस्तृत जानाकारीहरु होमपेज तथा पम्फ्लेटमा हेर्नु होला।
https://www.kian.or.jp/evenko24/event/admission-guidance.shtml

हामी जापानीज भाषाको बक्तित्व प्रतियोगितामा भाग लिन चाहने विदेशीहरू खोजिरहेका छौं।
आवेदन दिने अन्तिम मिति:2025 जनवरी 14 (मंगल) सम्म
मिति र समय:2025 फेब्रेवरी 8 (शनि) 3:00~16:30 
स्थान:खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
योग्यता: 16 वर्ष वा सोभन्दा माथिका विदेशीहरू, जसको मातृभाषा जापानी नभएको, विगत पाँच वर्षभित्रमा जापान आएको र जो निम्न सर्तहरूमा पर्छन्:
खावासाकी शहरमा बसोबास गर्ने हाई स्कूलहरू, विश्वविद्यालयहरू र भोकेशनल स्कुलमा अध्यनरत बिधार्थीहरु
खावासाकी शहरको सिभिक सेन्टरमा जापानी भाषा पढ्नेहरू
खावासाकी शहरको कम्पनीमा काम गरिरहेका वा तालिम लिइरहेका व्यक्तिहरू
खावासाकी शहरमा बसोबास गर्ने अन्य नागरिक

※आवेदन / बिस्तृत जानकारीको लागि「खावासाकी अन्तर्राष्ट्रिय केन्द्र」सम्पर्क गर्नुहोस् ।
Tel. 044-435-7000 https://www.kian.or.jp/kic/topics/speech24.shtml

「प्राथमिक स्कूल कस्तो हुन्छ?」「स्कूलको जानकारी शत्रहरुमा गएपनि भाषा बुझ्दिन/भनेको बुझ्दैन ...」जस्तो समस्यामा हुनुहुन्छ भए हामी तपाईंको चिन्ता समाधानको साथै प्राथमिक स्कूलमा प्रवेश गर्न मद्दत गर्छौ।
मिति : 2025 जनवरी 25(शनि) 13:30~16:00     
स्थान:खावासाकी अन्तरास्ट्रिय केन्द्रको हल 
शुल्क:नि:शुल्क(अनुबाद तथा बच्चा हेरिदिने सुबिधा उपलब्ध छ, बूकिंग गर्नु पर्नेछ।)
आबेदन / सम्पर्क:फोन नं.044-455-8811 इमेल : soudan39@kian.or.jp, आवेदन फारम बाट अथवा केन्द्रमा पाल्नु होला।
बिस्तृत जानाकारीहरु होमपेज तथा पम्फ्लेटमा हेर्नु होला।
https://www.kian.or.jp/evenko24/event/admission-guidance.shtml

यस कार्यकममा दैनिक जीवनमा आइपर्ने समस्याहरु, फोहोर फाल्ने तरिकाहरु, पेन्सन तथा करको बारेमा, आगलागी वा भूकम्प गएमा के गर्ने ? बिरामी भएमा के गर्ने ? जस्ता समस्याहरु तथा कुनै पनि जिज्ञासाहरुको समाधान को साथै उचित परामर्शहरु दिइनेछ।

संचालन हुने ठाउँ मिति र समय:
मिति र समय: शुक्रवार, नोभेम्बर 29, 2024 9:30-12:30
स्थान:मियामाए सिमिन खाइकान 2F लबी

अवस्य पाल्नुहोला (रिजर्भेसन आवश्यक पर्दैन) ।

वान स्टप सेन्टरहरुको सल्लाहकारहरूले "जीवन अभिमुखीकरण" कार्यक्रमहरु सञ्चालन गरिदै छ।

यस कार्यकममा दैनिक जीवनमा आइपर्ने समस्याहरु, फोहोर फाल्ने तरिकाहरु, पेन्सन तथा करको बारेमा, आगलागी वा भूकम्प गएमा के गर्ने ? बिरामी भएमा के गर्ने ? जस्ता समस्याहरु तथा कुनै पनि जिज्ञासाहरुको समाधान को साथै उचित परामर्शहरु दिइनेछ।

संचालन हुने ठाउँ मिति र समय:

पहिलो पटक: अन्तर्राष्ट्रिय महोत्सव भित्र
मिति र समय: आइतवार, नोभेम्बर 17, 2024 10:00-16:00
स्थान: कावासाकी सिटी इन्टरनेशनल एक्सचेन्ज सेन्टर 1F प्रदर्शनी लबी

दोस्रो पटक: मियामाए सिमिन खाइकान भित्र
मिति र समय: शुक्रवार, नोभेम्बर 29, 2024 9:30-12:30
स्थान: मियामाए सिमिन खाइकान 2F लबी

अवस्य पाल्नुहोला (रिजर्भेसन आवश्यक पर्दैन) ।

यस वर्षको 「वार्षिक अन्तर्राष्ट्रिय महोत्सव」 शीतल शरद ऋतुमा हुने भएको छ ।
यस महोत्सवमा विदेशीहरूको लागि दैनिक जिबनयापनमा आइपर्ने बिभिन्न किसिमको समस्याहरुको परामर्शको साथै, विश्व भरका उत्पादनहरुको प्रदर्शनी, किचेन कार (फुड स्टल), विभिन्न देश र क्षेत्रहरूको लोक गीत सङ्गीत, नृत्यको पनि आनन्द लिन सक्नुहुन्छ।

मिति र समय: आइतबार, नोभेम्बर 17, 2024 (Reiwa 6) 10:00-16:00
स्थान: कावासाकी सिटी इन्टरनेशनल एक्सचेन्ज सेन्टर सम्पूर्ण भवन
वेब साइट : https://www.kian.or.jp/evenko24/event/festival.shtml

यस अवसरमा हामीलाई केहि स्वयंसेवक कर्मचारी आवश्यक परको हुदां इच्छुकले कृपया सम्पर्क गर्नु होला !
जापानीज भाषा:
https://www.kian.or.jp/topics/volunteer-24festival.shtml
अंग्रेजी:
https://www.kian.or.jp/len/topics/volunteer-24festival.shtml

जापानमा ''आकी नो हि वा चुरुबे ओतोसि " अर्थात् शरद ऋतुको घाम बाल्टिन इनारमा झरेको जस्तै चाँडो अस्ताउँछ।'' भन्ने एउटा कथन छ जुन, 'शरद ऋतुको दिनहरु छोटो' हुन्छ भन्ने तर्फ इंगित गर्दछ।
यस शरद ऋतुको चिसो लामो रातहरुमा, किराहरुको मिठो धुनहरुको साथ, किताब पढी आनन्द लिनु एक उत्तम उपाए हुन सक्दछ।
के तपाईलाई यस केन्द्रको दोस्रो तल्लामा रहेको पुस्तकालय/सन्दर्भ कोठाको बारेमा थाहा छ?
हामी संग लगभग 18,000 पुस्तकहरूको साथै समाचार पत्र र पत्रिकाहरूको संग्रह रहेको छ। तपाइँ यसलाई निर्धक्क प्रयोग गर्न सक्नुहुन्छ।

पुस्तकालय/सन्दर्भ कोठाको जानकारीको लागि तलको लिङ्कमा जानुहोस।
https://www.kian.or.jp/kic/003.shtml

यस खावासाकि अन्तराष्ट्रिय केन्द्रको जापानिज भाषा क्लास दोस्रो सेमेस्टर सुरु भइरहेको छ । क्लास सुरु भइसके पनि बीच बाट पनि संलग्न हुन सक्नुहुन्छ । यदि तपाईं इच्छुक हुनुहुन्छ भने, कृपया हामीलाई सकेसम्म चाँडो सम्पर्क गर्नुहोस्।

थप जानकारीको लागि, कृपया यो वेबसाइट हेर्नुहोला।
https://www.kian.or.jp/kic/004.shtml

अक्टोबर 5 तारिक (शनिबार) बेलुकी 6 बजे तामा नदिको किनारबाट आतिशबाजी गरिने छ। शरद ऋतुको संन्धाकालिन शितल हावाको आनन्द लिदै, आतिशबाजी को मनोरंजन लिनुहोस् ।
https://www.tamagawa-hanabi.com/ बाहिरी वेबसाइटको लिंक

जापानमा 「आत्सुसा समुसा मो हिगान मादे」 अर्थात् “शर्रद ऋतु परिबर्तन हुने बेलामा जाडो र गर्मि दुवै हुदैन” भन्ने भनाइ प्रचलित छ । यसले बर्खा ऋतु बाट शरद ऋतु परिबर्तन हुने समयमा, गर्मि मौसम पनि सकिने र जाडो पनि सुरुवात नहुने ठीक्क को मौसम हुने समयलाइ उल्लेख गर्दछ । जापानमा शरद ऋतु परिबर्तन हुने समयमा, मृतु भएका आफन्तहरुलाई जापानी मिठाईहरू “ओहागी” चढाउने र उनीहरुको चिहानमा जाने परम्परा पुरातन समयदेखि नै चलिआएको छ। जापानी मिठाई ”ओहागी” लाई वसन्त ऋतु परिबर्तन हुने समयमा भने, ”बोटन मोची” भनिन्छ। एउटै जापानी मिठाईलाई पनि हरेक मौसममा फूल्ने फूलको नामले बोलाइन्छ, जुन जापानी संस्कृतिमा परिवर्तनशील मौसम र फूलहरूसँगको गहिरो संलग्नता रहेको भन्ने बुझन सकिन्छ । ओ हिगान (शरद ऋतुमा परिबर्तन हुने दिन) भन्नाले, वर्षा ऋतुको अन्तिम दिनहरु र शरद ऋतुको सुरुवाती दिनहरुको बिचको ७ दिनको अबधिलाइ जनाउदछ । यो वर्ष भने सेप्टेम्बर 19 बाट सुरु हुनेछ !

यो शरद ऋतुमा, यस केन्द्र द्वारा “अंग्रेजी भाषाको अन्तर्राष्ट्रिय बहु-संस्कृतिको परिचय कार्यक्रम” संचालन गरिने छ । यो अक्टोबरमा 3 सिरिजमा विभाजन गरीनेछ, भने अंग्रेजी मातृभाषीद्वारा, अन्तर्राष्ट्रिय बहु-संस्कृतिको परिचयका साथै आफ्ना अनुभबहरु पनि प्रस्तुत गरीनेछ । कृपया, भाग लिनको लागि तलको लिंक बाट, सेप्टेम्बर 19 सम्ममा आवेदन दिनुहोला ।

आवेदन: ➤ https://kian.or.jp/ke/

देहाएको समय र स्थान मा विदेशी नागरिकहरूको लागि उच्च माध्यमिक विद्यालय प्रवेश मार्ग निर्देशन कार्यक्रम निःशुल्क संचालन हुन गैरहेको छ । यस कार्यक्रममा सार्वजनिक उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा तथा अन्य जानकारीहरुको साथै, प्रशासनिक स्क्राइभेनरहरू संग पनि निःशुल्क परामर्श पनि लिन सक्नुहुनेछ। सिट सिमित भएकोले, अग्रिम बुकिङ्ग अबस्य गर्नुहोला । दोभासे उपलब्ध हुनेछ; कृपया आफ्नो भाषा टिपाउनु होस् ।

मिति र समय : सेप्टेम्बर 16, 2024 (सोमबार, सार्बजनिक बिदाको दिन) 13:00–16:00
स्थान : खावासाकी सिटी इन्टरनेशनल एक्सचेन्ज सेन्टर हल
आवेदन : https://hsguide.me-net.or.jp/reservations बाहिरी वेबसाइटको लिंक बाट सेप्टेम्बर २ सम्ममा दिनु पर्ने ।
लक्षित बर्ग : निम्न माध्यमिक विद्यालय तेस्रो वर्षका विद्यार्थीहरू र उनीहरूका अभिभावकहरू। (भाषा आदिको कारणले उच्च माध्यमिक विद्यालयमा प्रवेश गर्ने बारे जानकारी प्राप्त गर्न कठिनाइ हुनेहरू)
सिट संख्या : 24 घरपरिवार (प्रत्येक घरपरिवारबाट 3 जना सम्म उपस्थित हुन सक्ने)
बिषय : उच्च माध्यमिक विद्यालयको परिचय, उच्च शिक्षा परामर्श, शिक्षाविद्हरू संग विस्तृत परामर्श, आदि।

तपाईंले आवेदन मा पेस गर्नु भएको इमेलमा आयोजक द्वारा आउने समयको जानकारी दिइने छ ।
थप विवरण र भाग लिनको लागि कृपया https://hsguide.me-net.or.jp/ बाहिरी वेबसाइटको लिंक हेर्नुहोस्।

यो सिजनमा दिनानुदिन गर्मि बढिरहेको छ। लगातार गर्मिको कारण हिट स्ट्रोक भइ, हरेकदिन हजारभन्दा बढी मानिसलाई एम्बुलेंन्सबाट उद्दार गरिरहेको भन्ने समाचारहरुमा बताइएको छ ।
हिट स्ट्रोक र डिहाइड्रेसन ख्याल नै नगरी हुन पनि सक्छ । त्यसैले यसबाट बच्न उचित साबधानी अपनाउन आवस्यक छ ।
खावासाकी सिटीको वेबसाइटमा, हिट स्ट्रोक र डिहाइड्रेसन रोकथामका उपायहरु, जस्तै ; “गर्मीबाट जोगिने” , “बारम्बार पानी पिउने” र “कोठाको तापक्रम र आर्द्रता जाँच गर्ने” जस्ता उपायहरु अबलम्बन गर्न सिफारिस गरिएको छ ।
हिट स्ट्रोक रोकथामका गाइडबुक र सम्बन्धित लेखहरूको लागि तलको लिङ्क चेक गर्नुहोस । यो गर्मिको सिजनमा पनि स्वास्थ रहनुस् मस्त रहनुस् !

https://www.city.kawasaki.jp/300/page/0000118090.html बाहिरी वेबसाइटको लिंक

जापानमा आतिशबाजी एक ग्रीष्मकालीन परम्परा अन्तर्गत पर्दछ, जुन 400 वर्ष पहिले बाट सुरुवात भएको थियो । इतिहासललाई हेर्ने हो भने, सन् 1589 मा, सेन्गोकु अवधिका सामुराई 'ताते मासामुने' ले 'योनेजावा क्यासल' मा आतिशबाजी हेरेका थिए।

जापानी इतिहासमा 'इदो' अवधिमा जापानी सैन्य कमाण्डर 'तोकुगावाइ एयासु' ले पनि आतिशबाजी पनि हेरेको भन्ने उल्लेख छ । आतिशबाजीको उत्पत्ति भने सन् 1733 मा सुमिडा नदीमा भएको सुजिन महोत्सवबाट भएको मानिन्छ, जुन त्यसबेलाको अनिकाल र महामारीका कारण धेरै मरेकाहरूको आत्मालाई सान्त्वना दिन, र खराब विपत्तिहरूबाट बच्नका लागि गरिएको थियो ।

इदो कालमा, ग्रीष्मकालिन साँझमा चिसो हावा खादै, आतिशबाजीलाई हेर्ने प्रचनललाई आफ्नो शहरको संस्कृतिको पहिचानको रूपमा बिकाश भएको पाइन्छ जुन आहिले पनि निकै प्रचलित छ ।

देशभरका आतिशबाजी कार्यक्रमहरुको जानकारी लागी "花火大会2024"(हानामी ताइकाइ 2024), प्रयोग गरी इन्टरनेटमा खोजी गर्नुहोस् ।
धन्यबाद

counter