【उच्च माध्यमिक विद्यालय प्रवेश मार्ग निर्देशन कार्यक्रम】

देहाएको समय र स्थान मा विदेशी नागरिकहरूको लागि उच्च माध्यमिक विद्यालय प्रवेश मार्ग निर्देशन कार्यक्रम निःशुल्क संचालन हुन गैरहेको छ । यस कार्यक्रममा सार्वजनिक उच्च माध्यमिक विद्यालय प्रवेश परीक्षा तथा अन्य जानकारीहरुको साथै, प्रशासनिक स्क्राइभेनरहरू संग पनि निःशुल्क परामर्श पनि लिन सक्नुहुनेछ। सिट सिमित भएकोले, अग्रिम बुकिङ्ग अबस्य गर्नुहोला । दोभासे उपलब्ध हुनेछ; कृपया आफ्नो भाषा टिपाउनु होस् ।

मिति र समय : सेप्टेम्बर 16, 2024 (सोमबार, सार्बजनिक बिदाको दिन) 13:00-16:00
स्थान : खावासाकी सिटी इन्टरनेशनल एक्सचेन्ज सेन्टर हल
आवेदन : https://hsguide.me-net.or.jp/reservations बाट सेप्टेम्बर २ सम्ममा दिनु पर्ने ।
लक्षित बर्ग : निम्न माध्यमिक विद्यालय तेस्रो वर्षका विद्यार्थीहरू र उनीहरूका अभिभावकहरू। (भाषा आदिको कारणले उच्च माध्यमिक विद्यालयमा प्रवेश गर्ने बारे जानकारी प्राप्त गर्न कठिनाइ हुनेहरू)
सिट संख्या : 24 घरपरिवार (प्रत्येक घरपरिवारबाट 3 जना सम्म उपस्थित हुन सक्ने)
बिषय : उच्च माध्यमिक विद्यालयको परिचय, उच्च शिक्षा परामर्श, शिक्षाविद्हरू संग विस्तृत परामर्श, आदि।

तपाईंले आवेदन मा पेस गर्नु भएको इमेलमा आयोजक द्वारा आउने समयको जानकारी दिइने छ ।
थप विवरण र भाग लिनको लागि कृपया https://hsguide.me-net.or.jp/ हेर्नुहोस्।