[यदि तपाई तयार हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन - प्रकोप रोकथाम बारे]

जापानमा वर्षाको मौसमको सुरुवाती बाट वर्षा ऋतुमा मौसम परिबर्तन हुदै गर्दा प्राकृतिक प्रकोपहरु जस्तै भारी वर्षा र टाइफुनहरुको चिन्ता बड्दै जाने गर्दछ ! प्राकृतिक प्रकोपहरुमा परेको खण्डमा सही जानकारी प्राप्त गर्न धेरै नै महत्त्वपूर्ण भएकोले, हामी सहि जानकारी हासिल सकिने खावासकी शिको बहुभाषी वेबसाइटको परिचय गराउन चाहन्छौं।

■खावासकी शि "प्रकोप रोकथाम पोर्टल साइट" खावासकी शि र नजिकैका क्षेत्रहरूको लागि प्राकृतिक प्रकोप रोकथाम र प्रकोप जानकारी।
"सोनाएरू खावासकी "(खावासकी तयार गर्नुहोस्) । वेबसाइट लिङ्क तल उल्लेख छ।)
https://portal.kikikanri.city.kawasaki.jp/

जापानमा प्राचिनकाल बाट नै प्राकृतिक प्रकोपहरू धेरै हुने भएकोले, "यदि तपाईंले राम्रोसँग तयारी गर्नुभयो भने, बिपत्तिको नतिजाको बारेमा चिन्ता लिनु पर्दैन।" भन्ने भनाइ धरै नै प्रचलित छ, जुन कठिन समयको लागि पनि दैनिक रुपमा तयार रहन महत्त्वपूर्ण रहेको बताउछ ! त्यसले दैनिक रुपमा, नियमित विपद् रोकथाम जानकारी लिई राख्नु उपयुक्त हुन्छ !

img-20240713165148.png