वर्षा ऋतु (वर्षायाम)

जापानमा "त्सुयु" 「梅雨/つゆ」भनिने आधिक वर्षा हुने मौसम हुन्छ ।
जापानमा वर्षाको मौसमको सुरुवात, क्षेत्रको आधारमा थोरै फरक हुन्छ, किनभने जापान उत्तर-दक्षिणमा लम्बिएर फैलिएको छ भने वर्षायाम बिस्तारै दक्षिण बाट सुरु भइ उत्तरतिर सर्दै जान्छ । खान्तो प्रान्तमा भने जुन महिना देखि जुलाई सम्मको करिब एक महिनाको अबधिलाई वर्षायाम भनिन्छ ।
यस वर्षायाम अबधिमा अधिक वर्षा हुन्छ र सडकमा नीलो, गुलाबी, सेतो हाइड्रेंजिया (आजिसाई) फूलहरु फुल्छ, जुन अतिनै सुन्दर देखिन्छ । तपाइँ पनि यस समय अबधिमा (मध्य गर्मी मौसम अघि) रंगिन फुलहरु हेरेर आनन्द लिन सक्नुहुने छ ।