नगरपालिका द्वारा व्यवस्थापन गरिएको घरको आवेदन दिन चाहने तर फारम भर्ने तरिका थाहा नभएकाहरुलाई आवेदन फारम भर्ना सिकाइन्छ।
यो खावासाकी शहरमा बस्ने अथवा शहरमा भएको कार्यालयमा १ बर्ष भन्दा बढी काम गरेको विदेशीहरुलाई लक्षित गरिएको कार्यक्रम हो।
(फारम भर्दा अंग्रेजी, चाइनिज, कोरियन, उत्तर-कोरियन, पोर्तुगाली, स्पेनिश, तागालोग, थाई, नेपाली, भिएतनाम र इन्डोनेशियन भाषामा अनुवाद गरेर तपाईहरुको सहयोगको गर्ने व्यवस्था पनि छ। युक्रेनी भाषाको लागि अनुवाद गर्ने मेसिनको व्यवस्था गरिएको छ।)
- मिति:जुन ११ तारिख (शनिबार) बिहान १० बजे देखि १२ बजे सम्म ※नि:शुल्क, तर अग्रिम बूकिङ्गको आवश्यक !
- स्थान:खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
- आवेदन दिने अन्तिम म्याद:जुन ८ तारिख (बुधबार) ४ :३० सम्ममा फोन, ईमेल अथवा केन्द्रमा आउनुहोस्।
- फोन नं.: 電話:044-455-8811
- ईमेल: soudan39@kian.or.jp