डिसेम्बर ८ तारिख ९ बजेर ४० मिनेटमा खावासाकीमा ७.० को ठुलो भूकम्प आएको छ ।
आपतकालीन अवस्थामा प्रयोग गर्नेको सुरक्षित आश्रयहरू तल उल्लेख गरिएको छ।
- साईवाई वडा :खावारामाची प्राथमिक विद्यालय बाहेकको सुरक्षित आश्रयहरू
- आसाओ वडा : कुरिकिदाइ प्राथमिक विद्यालय बाहेकको सुरक्षित आश्रयहरू
- त्यस बाहेक खावासाकीको सम्पूर्ण सुरक्षित आश्रयहरू प्रयोग गर्न मिल्ने अवस्थामा छ।
पानी, ग्यास, बत्ती आदि आधारभूत सुबिधाहरुको अवस्था
- तोसी ग्यास: खावासाकी शहर भरि बन्द गरिएको छ।
- आज बिहान ११:०० बजे देखि तल उल्लेखित ठाउँमा पानी वितरण गरिने छ ।
पानी वितरण गरिने ठेगाना र ठाउँहरु
खावासाकी वडा :
- फुजिमी १-१-४ » खावासाकी शहरको व्यायामशालाको अगाडि
- ओडा १-९-१७ » ओडा १ को सेन्ट्रल पार्क अगाडि
- निसिन्च्यो ५-१ » खावासाकी शहरको कल्याण (फुकुशी) केन्द्र दक्षिण तिरको बाटो
- हिनोदे २-१७ » देकिनो पार्क भित्र
साईवाई वडा :
- हिगाशी फुरुइचिबा १ » मियुकी पार्क भित्र
- इडेहोनच्यो १-११-१ » साईवाई वडा कार्यालय भित्र
- चुखाकोशी १-६० » चुखाकोशी माध्यमिक विद्यालयको भित्र
- तोडे ४-२-१ » मियुकी माध्यमिक विद्यालयको पश्चिम तिर