खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


विदेशीहरूको लागि “नगरपालिकाको रेखदेखमा रहेको घरको आवेदन फाराम” भर्ने तरिका सिकाउने बैठक

नि:शुल्क

नगरपालिकाको रेखदेखमा रहेको घरको आवेदन दिन चाहन्छु, तर फारम भर्ने तरिका थाहा छैन।
त्यस्ता व्यक्तिहरुले सिधै आवेदन फारम भरेर बुझाउन सक्नु हुन्छ।

अंग्रेजी, चाइनिज, कोरियन तथा उत्तर कोरियन, पोर्तुगाली, स्पेनिश, फिलिपिनो, थाई, भियतनामी, इन्डोनेसियाली र नेपाली भाषाको अनुवादको सुविधा उपलब्ध छ।
त्यस बाहेकको भाषाहरुको अनुवाद सुविधाको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

मिति र समय :
२०२४/ ६/ १५ (शनिबार) बिहान १०:०० देखि १२:०० सम्म
स्थान :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
अन्तर्राष्ट्रिय केन्द्र सम्म आउने नक्सा (केन्द्रको मार्गदर्शन)
साथमा लिएर आउनु पर्ने कागजपत्रहरु :
अघिल्लो वर्षको आम्दानीको बारे जानकारी हुने कागजपत्र (कर तिरेको कागजपत्र)
जम्मा सहभागीको संख्या :
२० जना (खावासाकी शहरमा बस्ने अथवा एक बर्ष भन्दा बढि खावासाकी शहरमा भएको कार्यालयमा काम गर्ने मानिस)
विस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
बैठकमा सहभागी हुनको लागि आवेदन
२०२४/ ६/ १३ (बिहीबार) दिउँसो ४:३० सम्ममा फोन, ई-मेल अथवा प्रत्क्षय केन्द्रमा आई सहभागीताको लागि आवेदन दिनुहोस्।
सम्पर्क :
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र
044-455-8811
soudan39@kian.or.jp


Copyright (c) Kawasaki International Association. All rights reserved. 269523