खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


आपतकालिन अवस्थामा

अचानक कोहि बिरामी अथवा घाइते भएमा

तपाइँले ११९ नम्बरमा फोन गरेर एम्बुलेन्स (नि: शुल्क) बोलाउन सक्नु हुन्छ।
फोन गर्दा खेरि तल लेखिएको कुरा फोनबाट भन्नु होस्।

  1. “क्युउ-क्युउ देसु” (इमर्जेन्सी छ। )
  2. “बिरामी (घाइते) भएको मानिस छ।”
  3. बिरामी (घाइते) भएको मानिसको नाम
  4. ठेगाना र फोन नम्बर

आगलागी भएमा

तपाइँले ११९ नम्बरमा फोन गरेर दमकल (नि: शुल्क) बोलाउन सक्नु हुन्छ।
फोन गर्दा खेरि तल लेखिएको कुरा फोनबाट भन्नु होस्।

  1. नाम
  2. ठेगाना (अथवा आगलागी भएको ठाउँ)

त्यस बाहेक, ठूलो स्वरमा “आगो लाग्यो” भनेर छिमेकीहरूलाई बोलाउनुहोस्।


ट्राफिक दुर्घटना, चोरी अथवा कुनै किसिमको हिंसा भएमा

तपाइँले ११० नम्बरमा फोन गरेर पुलिसलाई (नि: शुल्क) बोलाउन सक्नु हुन्छ।
फोन गर्दा खेरि तल लेखिएको कुरा फोनबाट भन्नु होस्।

  1. नाम
  2. ठेगाना (अथवा दुर्घटना भएको ठाउँ)
  3. कस्तो खालको दुर्घटना भएको थियो ?

कृपया अवस्था के कस्तो छ भनेर बयान गर्नु होला

  • चोरी भएको बेलामा = चोर भयो।
  • ट्राफिक दुर्घटना भएको बेलामा = ट्राफिक दुर्घटना भयो।
  • आगलागी भएको बेलामा = आगो लाग्यो।
  • एम्बुलेन्स बोलाउनु परेमा = कृपया एम्बुलेन्स बोलाई दिनु होस्।

११० र ११९ नम्बर आपतकालिन अवस्थाको फोन नम्बरहरु हुन्। २४ घन्टा संचालन हुनुको साथै नि: शुल्क रुपमा सुविधाको प्रयोग गर्न सक्नु हुनेछ।



Copyright (c) Kawasaki International Association. All rights reserved. 261801