खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


व्यक्तिगत जानकारी संरक्षण सम्बन्धित नीति (गोपनीयता नीति)

खावासाकी अन्तर्राष्ट्रिय केन्द्रले व्यक्तिगत जानकारीको महत्त्वलाई राम्ररी बुझेका छौं र यसको प्रयोग सम्बन्धि "खावासाकी अन्तर्राष्ट्रिय केन्द्र व्यक्तिगत जानकारी संरक्षण नियमावली" अनुसार उचित रुपमा व्यवस्थापन गर्नेछौं।

व्यक्तिगत जानकारीको संकलन

खावासाकी अन्तर्राष्ट्रिय केन्द्र (तल “संघ” भनेर लेखिएको) ले निम्न तरीकाबाट व्यक्तिगत जानकारी संकलन गर्दै आइरहेको छ।

  1. स्वयंसेवक दर्ता
  2. विभिन्न कक्षाहरु र कार्यक्रमहरुको आवेदन
  3. जानकारी संकलनको लागि सम्पर्क

व्यक्तिगत जानकारी प्रयोग गर्नुको उद्देश्य

संघमा व्यक्तिगत जानकारी निम्नलिखित उद्देश्यहरुका लागि प्रयोग गर्न सक्दछ।

स्वयंसेवकको कामको अनुरोध गर्ने, विभिन्न कक्षाहरु र कार्यक्रमहरुको आवेदनको बारेमा सूचित गर्ने, जानकारी अथवा तपाईको प्रश्नहरुको उत्तर दिने, अनुरोध गरेको सामग्रीहरु पुर्याउने जस्ता कामहरुको लागि सम्पर्क गर्न हामी तपाईहरुको ई-मेल अथवा ठेगाना आदि व्यक्तिगत जानकारी प्रयोग गर्न सक्छौं।
नाम दर्ता गरेको स्वयंसेवकहरुलाई वर्षमा १ पटक दर्ता निरन्तरताको पुष्टि गर्नको लागि ई-मेल अथवा ठेगाना आदि व्यक्तिगत जानकारी प्रयोग गर्न सक्छौं।

तेस्रो पक्षलाई व्यक्तिगत जानकारी प्रदान गर्ने

तपाईहरुको व्यक्तिगत जानकारी निम्न मामिलामा बाहेक संघले कुनै पनि तेस्रो पक्षलाई प्रदान गर्ने छैन्।

व्यक्तिगत जानकारी खुलासा गर्ने अथवा सच्याउने आदि

सम्बन्धित व्यक्ति आफैबाट आफ्नो व्यक्तिगत जानकारी खुलासा गर्ने अथवा सच्याउने आदि परिवर्तन गर्न, मेटाउन अनुरोध आएमा हामी तुरुन्त अनुरोध बमोजिमको काम गर्नेछौं। यस्तो अवस्थामा तेस्रो पक्षलाई व्यक्तिगत जानकारी नजाओस् भन्ने हेतुले सम्बन्धित व्यक्ति तपाई आफै हो भन्ने पुष्टि गर्ने हामी तपाईलाई केहि तपाईको व्यक्तिगत प्रश्नहरु सोध्ने छौं।

साइट खोल्ने लग (access logs) र कुकी फाइलहरु (cookies) को संकलन

संघको वेब साइटमा वेब साइट खोलेर हेर्नेहरुको बारे थाहा पाउन साइट खोल्ने लग (access logs) र कुकी फाइलहरु (cookies) प्रयोग गरेको हुन्छ। साइट खोल्ने लग (access logs) र कुकी फाइलहरु (cookies) मा मिति तथा समय, साइटको आई पी (IP) ठेगाना, ब्राउजरको प्रकार तथा सञ्चालन प्रणाली (OS) जस्ता जानकारीहरु समावेश भएको हुन्छ। यसमा व्यक्तिको पहिचान हुने खालको जानकारीहरु हुँदैन।

* साइट खोल्ने लग (access logs) र कुकी फाइलहरु (cookies) जस्ता व्यक्तिगत जानकारी समावेश नभएको जानकारीहरु नियम बमोजिम खुलासा गर्ने छैनौं।

Google एनालिटिक्स (Google विश्लेषण) को प्रयोगको बारे

संघको वेब साइटले Google एनालाइटिक्स प्रयोग गरेर साइट खोलेर हेर्नेहरुको विभिन्न जानकारीहरु स्वचालित रूपमा वर्गिकरण गर्ने गर्छ।
Google एनालिटिक्सले कुकी फाइलहरु (cookies) बाट साइटको प्रयोग स्थितिको वर्गिकरण गर्ने गर्छ। जसबाट थाहा पाएको कुराहरुलाई यो साइटको प्रयोगमा सुधार ल्याउने उद्देश्यले उपयोग गरीन्छ।
Google एनालाइटिक्सबाट संकलित, रेकर्ड र स्वचालित रूपमा वर्गिकरण गरिएको प्रयोगकर्ताको जानकारीहरुमा कुनै खास व्यक्तिको पहिचान हुने खालको जानकारीहरु समावेश भएको हुँदैन। साथै Google एनालाइटिक्समा भएको जानकारीहरु Google कम्पनीले संघको गोपनीयता नीति अनुसार व्यवस्थित गरेको हुन्छ।

Google एनालिटिक्स प्रयोग गर्दाको सर्तहरु र Google कम्पनीको गोपनीयता नीतिको बारेमा विस्तृत जानकारीको लागि तलको पृष्ठ हेर्नुहोस्।
Google एनालिटिक्स प्रयोग गर्दाको सर्तहरु बाहिरी वेबसाइटको लिंक
Google कम्पनीको गोपनीयता नीति बाहिरी वेबसाइटको लिंक

Google एनालिटिक्सबाट संकलन गरिने जानकारी रोक्न चाहनुहुन्छ भने Google कम्पनीकोले प्रदान गरिएको ब्राउजरको एड्-अन (Add-On) प्रयोग गरेर रोक्नुहोस्।
Google एनालिटिक्स अप्ट आउट एड्-अन (Opt Out Add-On) बाहिरी वेबसाइटको लिंक

व्यक्तिगत जानकारीको सुरक्षा सम्बन्धित आधारभूत नीतिको संशोधन

संघले समय-समयमा गोपनीयता नीति सच्याउन तथा संशोधन गर्न सक्दछ। यदि संशोधन गर्ने भएमा त्यस सम्बन्धि तपाईहरुलाई संघको वेबसाइटमा सूचित गर्नेछौं।
साथै संशोधित गोपनीयता नीतिलाई सकेसम्म चाँडो संघ वेबसाइटमा राखिने छ।

सोधपुछ

गोपनीयता नीति सम्बन्धि सोधपुछको लागि तल दिइएको ठेगानामा सम्पर्क गर्नुहोस्। टेलिफोन बाट गरिएको गोपनीयता नीति सम्बन्धि सोधपुछको उत्तर हामी दिने छैनौं। जसले गर्दा तपाईहरुमा पर्न जाने असुविधाको लागि हामी क्षमा प्रार्थी छौं।

पत्र मार्फत सोधपुछ
२-२ किजुकी गिओन्च्यो, नाकाहारा वडा, खावासाकी , खानागावा प्रान्त, २११-००३३,जापान
खावासाकी अन्तर्राष्ट्रिय संघ “गोपनीयता नीति सम्पर्क काउन्टर”
वेब साइटबाट सोधपुछ
ईमेल :kiankawasaki@kian.or.jp


Copyright (c) Kawasaki International Association. All rights reserved. 261864