खावासाकी अन्तर्राष्ट्रिय संघ

गृह पृष्ठ (जापानिज भाषा) / गृह पृष्ठ

सम्पर्क


खावासाकी अन्तर्राष्ट्रिय संघ

सारांश

उद्देश्य
विदेशीहरु र स्थानीय बासिन्दाहरुको बिचारहरु आदान-प्रदान गर्नको लागि ठाउँ निर्माण गर्ने तथा स्थानीय तहमा आपसी समझदारी र सद्भावनालाई गहिरो बनाउने उद्देश्यले १९८९ साल अगस्ट २५ तारिखमा यस संघको स्थापना भएको थियो। यस संघले खावासाकीमा बस्ने विदेशीहरूको जीवन अलिकति भएपनि आरामदायी होस् भन्ने हेतुले विभिन्न प्रकारका जानकारी प्रदान गर्दै आइरहेको छ ।

मुख्य कार्यक्रम तथा गतिविधिहरू

विभिन्न विषय सम्बन्धित खबरहरु अथवा कागजपत्रहरु संकलन तथा जानकारीहरु उपल्ब्ध गर्ने
देश विदेशीको खबरहरु स्थानीय बासिन्दाहरु तथा सहरमा बस्दै आइरहेको विदेशीहरुलाई प्रदान गर्ने साथ-साथै दैनिक जीवन सम्बन्धि परामर्श सेवाहरु उपल्ब्ध गराउदै आइरहेका छौ ।
  1. पुस्तकालय
    देश विदेशीको किताबहरु, पत्रिकाहरु, भिडियो आदि सम्बन्धित जानकारीहरु उपल्ब्ध गर्ने
  2. विदेशी भाषाको परामर्श सेवा कर्नर
  3. बिज्ञापन र प्रकाशन
    संघ समाचार तथा विभिन्न प्रकारको पत्र-पत्रिकाहरूको प्रकाशन
स्थानीय तहको अन्तर्राष्ट्रिय कार्यक्रमको परियोजनाहरू लागू गर्ने
हाम्रो लक्ष्य भनेको स्थानीय बासिन्दाहरुको अन्तर्राष्ट्रिय भावना र अन्तर्राष्ट्रिय चेतना जगाउनु हो ।
  1. विदेश पठाउने / विदेशबाट आमन्त्रित गर्ने
    स्कृतिक अभियानमा लागेका समूह तथा युवाहरूलाई विदेशबाट आमन्त्रित गर्नुको साथ-साथै मैत्रीक शहरहरुमा स्थानीय तहको सांस्कृतिक समूहहरुलाई पठाउँने
  2. कक्षा / प्रशिक्षण
    विदेशी परिस्थितिहरु सँग सम्बन्धित कक्षाहरु संचालन गर्नुको साथै विदेशीहरूको लागि जापानिज भाषाको कक्षा र जापानको परम्परागत संस्कृति बुझ्ने कक्षाहरु संचालन गर्ने
  3. अन्तर्राष्ट्रिय कार्यक्रमहरु
    विश्वको लोक संस्कृतिको प्रदर्शन, विदेशी संस्कृतिहरुको परिचय जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरु संचालन गर्ने
परियोजनाहरुको सर्वेक्षण तथा अनुसन्धान
निजी समूहहरू तथा स्वयंसेवकहरूको बैद्धिक विकास
खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको व्यवस्थापन र संचालन
 


Copyright (c) Kawasaki International Association. All rights reserved. 259876